चौकीडाँडा आधारभूत विद्यालयलाई माध्यमिक तहमा स्तरोन्ति गरिने

चितवन । भरतपुर महानगरपालिका २९ मा रहेको चौकीडाँडा आधारभूत विद्यालयलाई माध्यमिक तहमा स्तरोन्ति गरिने भएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित सरोकारवाल बीचमा बुधबार  विद्यालयमा गरिएको लफलबाट सो निर्णय गरिएको हो । विद्यालयमा अहिले कक्षा ८ सम्म पढाई हुने गर्दछ ।  विद्यालयलाई आगामी शैक्षिक सत्रबाट कक्षा ९ को सम्बन्धन दिन लागेको नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिनुभयो ।
चौकीडाँडामा कक्षा ८ सम्मको अध्ययन पुरा भएपछि धेरै विद्यार्थीहरुले अध्ययनलाई स्थगित गर्ने गरेको घटना आएसँगै विद्यालयको स्तरोन्ति गर्न लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख दाहालले चौकीडाँडा आधारभूत विद्यालयलाई नमुना विद्यालयका रुपमा अघि बढाईने बताउनुभयो ।
आगामी वर्ष महानगरपालिकाले ४ कोठे विद्यालय भवन निर्माण गर्ने र प्रदेश सरकारबाट थप भवन निर्माणका लागि पहल थालिने उल्लेख गर्नुभयो ।  छलफल कार्यक्रममा अभिभावकहरुले भरतपुरको बजार क्षेत्रमा थप अध्ययनका लागि पठाउन आर्थिक अभाव भएकाले कक्षा ८ पछि अध्ययनलाई रोक्ने गरेको बताएका थिए ।  यस विद्यालयमा विद्यार्थीको संख्या न्युन भएसँगै मर्ज गर्नुपर्ने थियो तर, भरतपुरको विकट क्षेत्रमा पर्ने भएकाले यथावत राखिएको थियो ।
यहाँका बालबालिकाहरु शिक्षाबाट बञ्चित नहुन भन्ने उद्देश्यले महानगरपालिकाले नमुना विद्यालयको रुपमा अगाडि बढाउने कार्य अघि बढ्ने छ । यस क्षेत्रका वुद्धिजिवी तथा अभिभावकहरुले माध्यमिक विद्यालय बनाउने पहललाई महानगरले सकारात्मक रुपमा लिएपछि माध्यमिक तहमा स्तरोन्ति हुने भएको छ । –00–

Share:

सम्बन्धित समाचारहरु