बलेरोको ठक्करवाट भरतपुरमा एकजनाको मृत्यु

चितवन, २२ जेठ । बलेरोको ठक्करवाट भरतपुरमा एकजनाको मृत्यु भएको छ ।

 

मृत्युहुनेमा भरतपुर वडा नं. १५ का ५० वर्षीय वीरेन्द्र राउतको मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
भरतपुर वडा नं. १५ जानकी चोकमा ना.३ च ११९ नम्बरको बलेरो गाडीले बा ८५प३६२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मोटरसाईकल चालक राउतको मृत्युभएको हो । मोटरसाईकलमा पछाडी बस्ने ४१ वर्षका राजकुमार नेपाली घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

मोटरसाईकललाई ठक्कर दिएर बोलेर पल्टिएको थियो । बलेरो चालक भरतपुर वडा नं. २९ बस्ने २५ वषीय बिमल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share:

सम्बन्धित समाचारहरु