सेतो नेपाल-
कालिका, ११ असार । कालिका नगरपालिकाको वडा नं. १ मा ५० करोड रुपैयाँ लगानीमा बनेको मुनाल एण्ड मयुर रिसोर्ट आजदेखि संचालनमा आएको छ । रिसोेर्टको संस्कृती, पर्यटन तथा नागरिक उडयनमन्त्री हित वहादुर तमाङ्गले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई संवोधनगर्दै मन्त्री तमाङ्गले चितवनको पर्यटन विकासमा यस्ताखालको रिसोर्ट स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । चितवन पर्यटकीय क्षेत्रको केन्द्र विन्दु भइरहेका बेला भरतपुर विमानस्थल विस्तारसँगै धार्मिक पर्यटकीय स्थलदेवघाट धाममा आष्टधातु सहितको शिवकोमुर्ती निर्माणका लागि सरकारले १ करोड बजेट विनियोजना गरेको जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका मन्त्री तमाङ्गले चितवन आउने पर्यटकहरु घुम्ने, आरामगर्ने यहाँको रैथाने मौलिक खाना खान खोज्नेभएकाले यस्ता खालका रिसोर्टहरु धेरैभन्दा धेरै निर्माणहुन आवश्यक रहेको बताउनुभयो । यस्ताखालका संरचनाहरु निर्माणहुँदै गए देशी विदेशी लगानीपनि भित्रिने सम्भावना रहेको उहाँको भनाई छ । पुँजीको सुरक्षाका लागि सरकारले अघि बढिरहेको समेत उहाँले स्पष्टपार्नुभयो ।
रिसोर्टका बरिष्ठ चार्टर एकाउन्टेन नारायण कंडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुके लगायतका अतिथिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम रिसोर्टका संचालक लाक्पाडोन्डु शेर्पाको अध्यक्षतामा आयोजना गरिएको हो ।
रिसोर्टको विशेषता ?
कालिका नगरपालिकाको वडा नं.१ मा मुनाल एण्ड मयुर रिसोर्ट निर्माण गरिएको छ । हिमाल र तराईलाई जोड्ने उद्देश्यले यो रिसोर्ट स्थापना गरिएको हो । हिमालमा पाईने मुनाल र तराईमा पाइने मयुर यो दुवैलाई जोड्नेगरी रिसोर्टको नाम मुनाल एण्ड मयुर राखिएको हो ।
२ विगहा क्षेत्रफलमा रिसोर्ट निर्माण गरिएको छ । अहिले सम्म ५० करोड रुपैयाँ खर्च भइसकेको रिसोर्ट व्यवस्थापनपक्षले जनाएको छ । पाहुनालाई स्वीमिङ पुल, रेष्टुरेन्टसँगै स्वास्थ्यका लागि बहुउपयोगी प्रविधि सहित सेवादिनेगरी रिसोर्ट संचालनमा आएको हो ।
चाइनिज कन्टिनेन्टल, हिमाली खानाको परिकार,पहाडी र तराई क्षेत्रका मौलिक खानालाई रिसोर्टले प्राथमिकतादिने योजना बनाएको छ । सेमिनार हल, पार्टी प्यालेसको लागि उपयुक्तहुनेगरी रिसोर्ट बनाइएको छ । निकट भविष्यमै लगानी १ अर्ब पुर्याउनेगरी थप योजनाहरु बनेका छन् ।
नेपालमै पहिलो पटक बेलुनमा उडेर आकाशमा ब्रेक फाष्ट खान मिल्नेगरी संरचनाहरु निर्माणहुनेछ ।
रिसोटमा हाल २५ देखि ३० जना कर्मचारीहरु कार्यरत्त छन् । पूर्ण रुपमा संचालनमा आयो भने १०० जनाले रोजगारी पाउने सम्भावना छ । उपरदाङगढी, सौराहा र पदमपुरको थारु समुदायलाई लक्षित गरेर प्याकेजहरु बनाइने रिसोर्टले जनाएको छ । यस्तै यहाँका स्थानीय सामुदायिक वनहरुमा खुलेको जीप सफारीलाई पनि निकट भविष्यमै होटलको प्याकेजसँग जोड्ने योजना छ ।




—00–


