काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले कृष्ण कार्की र डा. तोसिमा कार्की माथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
भदौ २३ र २४ गते भएका घटनामा मानव अधिकार उल्लंघन भएको विषयमा अध्ययन गर्न आयोगकी सदस्य लिली थापा को संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले तयार पारेको प्रतिवेदनमा दुवै सांसदमाथि छानबिन गरी दोषी देखिए कानुन अनुसार कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ ।
आयोगले उक्त प्रतिवेदन बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको जनाएको छ ।–00—


