एमाले सचिवालय बैठक बस्दैःस्थानीय तह निर्वाचन लक्षित गर्दै एमालेको जिम्मेवारी बाँडफाँट

काठमाडौंनेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे केपी शर्मा ओली को भक्तपुरस्थित गुण्डु निवासमा आयोजना हुने भएको हो।

केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारी का अनुसार बैठकमा नेताहरूको कार्यविभाजन तथा समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ।

पार्टीको ११औँ महाधिवेशनपछि नेताहरूको जिम्मेवारी बाँडफाँट हुन बाँकी रहेकाले बैठकको मुख्य एजेण्डा कार्यविभाजन रहने बताइएको छ। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एमालेले संगठनात्मक जिम्मेवारी तय गर्ने तयारी गरेको जनाएको छ।

बैठकले केन्द्रीय कमिटी बैठकको मिति निर्धारण गर्ने सम्भावना समेत रहेको छ।—00—

Share:

सम्बन्धित समाचारहरु