अतिक्रमणविरुद्ध सरकार आक्रामक, बालाजु–स्वयम्भू क्षेत्रमा व्यापक डोजर

काठमाडौं । नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियानलाई सरकारले तीव्रता दिएको छ। सोही क्रममा शनिबार बिहान बालाजु र स्वयम्भू आसपासका क्षेत्रहरूमा डोजर चलाइएको छ।

यसै अभियानअन्तर्गत काठमाडौं महानगरपालिका–१९, बालाजुमा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा समेत डोजर प्रयोग गरिएको छ।

यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्तीमा रहेका घर–टहरा भत्काइएको थियो।

सरकारले अतिक्रमण हटाउने कार्य दोस्रो चरणमा अघि बढाएको हो। पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरीगाउँ आसपासका संरचनाहरू हटाइएको थियो।

Share:

सम्बन्धित समाचारहरु