आक्रमणमा अलजजिराका ६ पत्रकार र सहकर्मीको मृत्यु

काठमाडौं, २६ साउन ।— गाजामा जारी युद्धको क्रममा इजरायली सेनाले अलजजिराका ६ जना पत्रकार र उनका सहकर्मीको हत्या गरेको अलजजिराले जनाएको छ।

अलजजिराका अनुसार, रिपोर्टर अनस अल–शरीफलाई इजरायली सेनाले हमासको एक सेलको नेतृत्व गरेको आरोप लगाउँदै निशाना बनाएको हो। “गाजाका सबैभन्दा साहसी पत्रकारमध्ये एक अनस अल–शरीफलाई उनका सहकर्मीहरूसहित हत्या गर्नु, कब्जापूर्व गाजाका आवाजहरूलाई दबाउने हताश प्रयास हो,” अलजजिराले विज्ञप्तिमार्फत प्रतिक्रिया जनाएको छ।

बीबीसीको रिपोर्टअनुसार, मारिएका पत्रकारहरूमा संवाददाता अनस अल–शरीफ र मोहम्मद क्रेकेह, साथै क्यामेराम्यान इब्राहिम जहेर, मोहम्मद नौफल र मोमेन अलिवा छन्।

अलजजिराले भने हमलामा कुल ७ जनाको मृत्यु भएको र तीमध्ये ६ जना आफ्नै सहकर्मी रहेको पुष्टि गरेको छ।–00–

 

Share:

सम्बन्धित समाचारहरु