चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेका अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
निकुञ्ज कार्यालयले निकालेको सूचनाअनुसार मध्यवर्ती वन, सामुदायिक वन, कञ्जरभेन्सी क्षेत्र, सडक छेउ, खोला तथा नदी किनारका वन क्षेत्रमा अनधिकृत रूपमा घरटहरा निर्माण, खेतीपाती तथा अन्य संरचना बनाइ अतिक्रमण गरिएको पाइएको छ ।
त्यस्ता अतिक्रमण हटाई तोकिएको समयभित्र क्षेत्र खाली गर्न निर्देशन दिइएको छ । अन्यथा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
सूचनामा अटेर गरेमा जरिवाना, कैद वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।

–00–


