काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, मधेस र कोसी प्रदेशका केही जिल्लामा हावाहुरीसँगै मेघगर्जन, चट्याङ र असिना पर्ने सम्भावना रहेको छ ।
विभागका अनुसार हावाहुरी साँझ करिब ५:४५ बजेबाट सुरु भई बिहीबार बिहानसम्म रहने अनुमान गरिएको छ । मौसम प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने भएकाले देशका धेरै स्थानमा यसको प्रभाव पर्ने सम्भावना छ ।
सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।–00—


