काठमाडौं । स्थानीय बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढ्दा चाँदी पनि १०० रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ र चाँदी ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुन २ लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ र चाँदी ४ हजार ७२० रुपैयाँ कायम भएको थियो।
अन्तरराष्ट्रिय बजारतर्फ हेर्दा आज सुन प्रति औँस ४ हजार ७०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रति औँस ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।–00–


