पुल बनाउन खनेको खाल्डोमा डुबेका बालकको शव फेला

कास्की, २ असार ।

पोखरामा खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको हो ।

शनिबार साँझ खाल्डोमा खसेका बरपौवाका ९ वर्षीय गणेश विकको शव आज ९आइतबार० बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं।२४ कालिका गण कास्कीबाट खटिएको गोताखोर सहितको टोलीले बालकको शव करिब २० फिट गहिराइबाट निकालेको जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरु