भरतपुर अस्पतालमा भदौं महिनादेखि पार्किङको शुल्क तिर्न नपर्ने

चितवन, ८ साउन । भरतपुर अस्पतालमा सेवालिन आउने सेवाग्राहीले भदौं महिनादेखि निशुल्क पार्किकगर्न पाउने भएका छन् ।

अस्पतालले आज एक सूचना जारी गर्दै भदौं महिनादेखि निःशुल्क पार्किक गरिने जानकारी दिएको छ । अस्पतालमा आउने विरामी तथा सेवाग्राहीका सवारी साधनको सुरक्षा एवं व्यवस्थापनको लागि हाल सम्म न्यूनतम पार्किङ शुल्क लिने गरिएकोमा भदौं महिनादेखि निःशुल्क गरिने अस्पताल प्रशासनले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

केहीदिन अघि भरतपुर अस्पताल अनुगमनको क्रममा वागतमी प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पताल प्रशासनलाई सेवाग्राहीहरुसँग पार्किङको शुल्क नलिन निर्देशन दिएका थिए ।

 

 

–000–

Share:

सम्बन्धित समाचारहरु