जेनजी आन्दोलनपछि मतदाता संख्या बढ्यो, साढे ८ लाख थपिए

काठमाडौं । जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन घोषणा गरिएको पृष्ठभूमिमा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्।

निर्वाचन आयोगका अनुसार, ९ असोजदेखि ५ मंसिरसम्म खुलेको मतदाता नामावली संकलनमा करिब साढे ८ लाख नयाँ मतदाता समावेश भएका हुन्। थपिएका मतदातामध्ये पुरुष ४ लाख ७३ हजार ३४५, महिला ३ लाख ६३ हजार ७७८ तथा अन्य ६१ जना रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार नियमित नामावली संकलन प्रक्रियामार्फत ३ लाख ४४ हजार ९१४ जना नयाँ मतदाता थपिएका छन् भने राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक प्रणालीमार्फत ४ लाख ९२ हजार १८० जना समावेश भएका छन्। यसअघि १६ कात्तिकसम्म देशभर १ करोड ८१ लाख ६८ हजार २३० मतदाता दर्ता भएका थिए। नयाँ संख्यासँगै आगामी निर्वाचनमा मतदाताको संख्या अझ बढ्ने देखिन्छ।–00–

Share:

सम्बन्धित समाचारहरु