बागमतीका मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै

काठमाडौं, १५ साउन। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मङ्गलवार विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजेका लागि बैठक आह्वान भएको छ । नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका लामाले गत शनिवार १४ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु