निर्वाचन आयोगको नयाँ दल दर्ता आज अन्तिम दिन

काठमाडौं, ३० कात्तिक —

नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले तोकेको समयसीमा आज सकिँदै छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले मिति घोषणा गरेसँगै आयोगले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएको हो।

आयोगले निर्वाचन प्रयोजनका लागि छुट्टै दर्ता समयसीमा समेत तोकेको छ। सो अनसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन मंसिर १० गतेसम्म दल दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

आयोगमा पहिले नै दर्ता भइसकेका दलहरूलाई पनि निर्वाचनमा भाग लिन पुनः दल दर्ता अनिवार्य गरिएको आयोगले स्पष्ट पारेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु