सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाको काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सर्वपक्षीय अन्तरिम सरकार गठनको माग गर्दै काठमाडौंमा र्‍यालीसहित प्रदर्शन गरेको छ ।

बिहीबार दिउँसो राजधानीका विभिन्न स्थानबाट सुरु भएको प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको हो । जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र हालका राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले उक्त प्रदर्शन र सभा आयोजना गरिएको नेकपाले जनाएको छ ।

भृकुटीमण्डपमा जारी सभालाई नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु