काठमाडौं । आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार भारी वर्षाको पूर्वानुमान भने गरिएको छैन ।
दिउँसोको समय देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने संभावना छ भने अन्य भूभागका एक-दुई स्थानमा हल्का वर्षा पर्न सक्ने विभागले जनाएको छ ।
राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । तर, कोसी प्रदेशसहित देशका पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना कायम रहेको विभागले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको र स्थानीय वायुको आंशिक प्रभाव मात्र देखिएको विभागले जनाएको छ ।


