काठमाडौं । आन्दोलनरत जेन जीहरुले नख्खु कारागारमा पुगेर रास्वपाका सभापति रवि लामिछानेलाई जेलमुक्त गरेका छन्।
लामिछानेलाई कारागारबाट निकालिएको भिडियो रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले आफ्नो फेशबुकमार्फत सार्वजनिक गरेकी छन्। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो घटनाबारे चर्को चासो बढेको छ।
रास्वपाका नेता दिपक बोहोराले पनि सामाजिक सञ्जालमार्फत लामिछाने जेलबाट बाहिरिएको पुष्टि गरेका छन्। उनले लेखेका छन्, “रवि दाई निस्किनु भयो। टाइगर इज व्याक अगेन।”
लामिछानेको कारागारमुक्ति पछि काठमाडौंमा प्रदर्शनरत युवाहरुको उत्साह झन् बढेको देखिएको छ।–00–


