छात्रवृत्तिको रकम सहि सदुपयोग होसः मेयर रेग्मी

कालिकाको जुटपानी स्थित पृथ्वी मा.विले ३ सय १२ जना विद्यार्थी छात्रवृत्ति वितरण गर्यो

रत्ननगर, १६ साउन । चितवनको कालिका नगरपालिका वडा नं. ७ मा रहेको पृथ्वी माध्यमिक विद्यालयले छात्रवृत्ति वितरण गरेको छ । बार्षिक उत्सवमा वितरण गर्दै आईरहेको छात्रवृत्ति मंगलवार एक कार्यक्रमको आयोजना गरि वितरण गरेको हो । विद्यालयले ३ सय १२ जना विद्यार्थीहरुलाई रु १ लाख २४ हजार २ सय रुपैँयाको वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोदनाथ थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि रेग्मीले कार्यक्रममा बोल्दै बितरण गरिएको छात्रवृत्तिको रकम सहि सदुपयोग गर्नुपर्ने बताए । उनले भने, “बितरण गरिएको छात्रवृत्तिको रकम अभिभावकले कपी, कलम, किताब लगाएत अन्य स्टेशनरी सामाग्री खरीदमा मात्रै छात्रवृत्ति सहि सदुपयोग हुन्छ ।”

बिगतको तुलनामा भन्दा अहिले कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरुको गुण्स्तरमा सुधार भईरहेको उनले बताए । स्कुलमा अध्ययन गरेर मात्रै प्रगति नहुने भन्दै विद्यार्थीलाई घरमा समेत अध्ययन र अध्यापन गराउन अभिभावकलाई उनले आग्रह गरे ।

नगर प्रमुख रेग्मीले आगामी आर्थिक वर्षमा नगरपालिकाले शिक्षाको क्षेत्रमा वृहत्त लगानी गर्ने प्रतिबद्धता जनाए ।

कक्षा १ देखि ८ कक्षा सम्मका ३० जना सिमान्तकृत विद्यार्थीहरुले रु ५ सयका दरले छात्रवृति पाएकाछन् । ३० जना विद्यार्थीहरुले रु १५ हजारको छात्रवृति प्राप्त गरेको छात्रवृति वितरण समितिका सदस्य एंव प्रा।वि ईन्चार्ज विष्णुलाल श्रेष्ठले जानकारी दिए । यस्तै, कक्षा १ देखि ८ कक्षा सम्मका ७६ जना दलित विद्यार्थीहरुले रु ४ सयका दरले रु २६ हजार ८ सयका दरले छात्रवृति पाएको उनले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थपलियाकाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष कमलराज मोक्तान, विद्यालयका सुचना अधिकारी ऋर्षि राम लामिछने लगाएतले मन्तय व्यक्त गरेका थिए ।

कार्यक्रममा उप मेयर विमला तामाङ, कार्यपालिका सदस्य शान्ति चौधरी, विद्यालय व्यवस्थापन समितिका सदस्य सुशिला ढकाल, अमर गजुरेल, गोमा तिमिल्सेना, विद्यालयका सहायक प्रध्यानाध्यापक भवानी सिग्देल, सूर्य भक्त अधिकारी, प्रज्ञिक संयोजक देवनारायण भट्टराई, कालिका नगर स्काउट संयोजक सन्तोष लामिछाने लगाएतको उपस्थिति थियो ।

विद्यालयका प्राध्यानाध्यापक प्रकाश चन्द्र अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रममा छात्रवृति वितरण समितिका सदस्य एंव प्रा.वि ईन्चार्ज विष्णुलाल श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु