चेपाङ समुदायको न्वाङ्गी (छोनाम) पर्वकाे रमझम चितवनमा सुरु

चितवन । चेपाङ समुदायको महत्वपूर्ण न्वाङ्गी पर्व (छोनाम पर्व) को अवसरमा कालिका नगरपालिका–१०, सिद्धी बजारस्थित तीन दोभानमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले गर्नुभयो । उपप्रमुख विमला तामाङ विशेष अतिथि रहनुभएको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

सांस्कृतिक प्रस्तुतिमा मनमाया वाइवा, सन्दीप चेपाङ, आलु दाइ, गणेश चेपाङ, सिमन चेपाङ, अनिल लामा लगायत कलाकारहरुले प्रस्तुति दिएका थिए ।

चेपाङ समुदायले न्वाङ्गी पर्वलाई हर्षोल्लासका साथ मनाउँदै आएको छ । चितवन, मकवानपुर र धादिङमा बसोबास गर्ने यो समुदायलाई राज्यले सिमान्तकृत समुदायको रुपमा सूचीकृत गरेको छ ।

तस्विर सौजन्यः परिवेश नेपाल ।

–00—

Share:

सम्बन्धित समाचारहरु