बिजय खरेल – सेतो नेपाल
चितवन । माडी नगरपालिका–७ जगन्नाथपुरस्थित बालकल्याण आधारभूत विद्यालयमा शनिबार सम्पन्न विशेष भेलाले सापकोटा कल्याण केन्द्र माडी–ठोरी संयुक्त नगर समिति गठन गरेको छ।
भेलाले अध्यक्ष रमाकान्त सापकोटाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिमा उपाध्यक्ष बिदुर सापकोटा, सचिव काशीनाथ सापकोटा, सहसचिव देवीलाल सापकोटा, कोषाध्यक्ष स्वस्तिका सापकोटा, सदस्यहरू कृष्णप्रसाद सापकोटा, चन्द्रकान्त सापकोटा, ज्ञानुमाया सापकोटा र शिवप्रसाद सापकोटा रहेका छन्। साथै बालकृष्ण सापकोटाको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ।

कार्यक्रममा सापकोटा कल्याण केन्द्रका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शालिग्राम सापकोटा प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै चितवन जिल्ला सभापति टिकाराम सापकोटा र पर्सा जिल्ला सभापति अमृतकृष्ण सापकोटा विशिष्ट अतिथि रहनुभएको थियो।
वक्ताहरूले माडी देखी ठोरीसम्म फैलिएका सापकोटा परिवारबीच आपसी सहयोग, दुःख–सुखमा साथ, भेटघाट र वंशावली संकलनलाई केन्द्रको प्रमुख उद्देश्यका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। यस कदमले समुदायबीचको एकता अझ मजबुत हुने विश्वास लिइएको छ।

कार्यक्रमको सभापतित्व बालकृष्ण सापकोटाले गर्नुभएको थियो भने सञ्चालन काशीनाथ सापकोटाले गर्नुभएको हो।–00–


