लेखजंग थापा विवादमा तानिएपछि रास्वपाले स्थगित गर्‍यो पत्रकार सम्मेलन

काठमाण्डौ, १६ भदौ  ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि छनोट गरेका उमेदवार डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित गरेको छ । थापा बहुविवाह विवादमा तानिएपछि रास्वपाले उनलाई राखेर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेको हो ।

आज दिउँसो २ बजेका लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले आइतबार सचिवालय बैठकबाट थापालाई उमेदवार बनाउने निर्णय गरेको थियो । तर, उनलाई उमेदवार बनाउने घोषणापछि थापाले दुई विवाह गरेको विषय बाहिरिएको थियो ।

थापामाथि पार्टीको आन्तरिक छलफलमा क्यामेरा जडित चस्माबाट भिडियो गरेको आरोप पनि लागेको छ ।

Share:

सम्बन्धित समाचारहरु