‘घुस संवाद’ सार्वजनिक भएका मन्त्री गुप्ताबारे मन्त्रिपरिषद् बैठकमै चर्चा नै भएन

काठमाडौं,३० असार ।‘घुस संवाद’ सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताबारे सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नै नभएको खुलासा भएको छ।

एक मन्त्रीले सेतोनेपालसँग कुरा गर्दै भने, “मन्त्रिपरिषद् बैठक बस्यो तर उहाँबारे कसैले कुरा उठाउनुभएन, एजेन्डा नभएपछि छलफल हुने कुरा भएन।”

यसअघि आजै बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाएर छलफल गरेका थिए। उच्च स्रोतका अनुसार उनलाई राजीनामा गराउने तयारीसमेत भएको थियो।

तर साँझ बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ता स्वयं सहभागी भए पनि बैठकमा उनको विषयमा कुनै चर्चा नभएको ती मन्त्रीले जानकारी दिए।

गुप्तामाथि सार्वजनिक भएको अडियोमा उनीसँग सम्बद्ध व्यक्तिले “काम गरिदिनुस्, भोलिपल्ट मन्त्रालयमै पैसा पठाइदिन्छौं” भन्ने संवाद रहेको अडियो सार्वजनिक भएको छ। यसले मन्त्रीको नैतिकता र पद जिम्मेवारीबारे प्रश्न उठाएको छ।

 

Share:

सम्बन्धित समाचारहरु