भरतपुर भ्रमणवर्षको उद्घाटन अघि भरतपुरमा आज यी ठाउँबाट निस्किँदै छन् र्‍याली

चितवन, १८ फागुन । भरतपुर भ्रमणवर्ष २०२४ को उद्घाटन कार्यक्रम पूर्व महानगर क्षेत्रका विभिन्न वडाले आफ्नो साँस्कृतिक झाँकी सहितको र्‍याली निकालिँदै छ । महानगरका २९ वटा वडाले पूर्व–पश्चिम राजमार्ग केन्द्रित र्‍याली निकाल्ने तयारी छ ।

दिउँसो १ वजे प्रधानमन्त्री दाहालले उद्घाटनगर्नुहुने विहान ११ बजे भरतपुरका विभिन्न ठाउँबाट विभिन्न जातजातिका भेषभुषा सहित साँस्कृतिक र्‍याली निस्किने भरतपुर महानगरपालिकाले जनाएको छ ।

– कुन वडाको र्‍याली कुन ठाउँबाट निस्किदैछ ?

वडा नं ६, ८, ९, १३, २१, २२, २३ र २४ को र्‍याली हाकिमचोकबाट, वडा नं ५, ७, १४, १५, १८, १९, २०, २५, २६, २७ र २८ को र्‍याली त्रिचोक र वडा नं १०, ११, १२ र २९ को र्‍याली गेष्टहाउस चौरबाट सुरु भएर चौविसकोठीमा जोडिने छन् ।

त्यस्तै, वडा नं १ र २ को र्‍याली क्याम्पा चौरबाट सुरु भएर बालकुमारी रोड हुँदै लायन्सचोक निस्किने छ भने वडा नं ३, ४, १६ र १७ को र्‍याली बेलचोकबाट सुरु भएर संगम रोड हुँदै सहिद चोक निस्किने महानगरले बताएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीका अनुसार र्‍यालीको समयमा यातायात अवरुद्ध हुन नदिन र्‍याली र सवारी साधनलाई छुट्टा–छुट्टै लेन प्रयोग गर्न दिइने छ । र्‍यालीले बाटो क्रस गर्दा केहि समय सडक अवरुद्ध हुने छ ।

-र्‍याली सहभागिहुनेलाई पुरस्कारको व्यवस्थाः

उकृष्ट र्‍याली सहभागी वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरिएको छ । र्‍यालीमा सहभागीहरुले प्रस्तुत गर्ने भेषभुषा, रिजीरिवाज, झाँकी, बाजागाजा, अनुशासनको आधारमा मूल्यांकन समितिले नतिजा निकाल्ने छ ।

प्रथम, द्धितिय र तृतिय हुने वडाको र्‍यालीले क्रमशः १ लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र ५० हजार जिन्सी पुरस्कार प्राप्त गर्ने महानगरपालिकाले जनाएको छ । र्‍यालीमा सबैभन्दा धेरै संख्यामा सहभागिता जनाउने वडाले मूल्याङ्कन धेरै अंक प्राप्त गर्ने छन् । यस्तै र्‍यालीमा अपनाईएको संस्कृति, भेषभुषा, अनुशासनलगायतका विषयमा मूल्याङ्कन समितिले अंक दिनेछ ।

उत्कृष्ट र्‍यालीलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार र प्रमाण–पत्र प्रदान गर्ने छन् । यस्तै उत्कृष्ट र्‍याली प्रस्तुत गर्ने ३ विद्यालयका विद्यार्थी समुहलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट र्‍याली प्रर्दशन गर्ने विद्यार्थी समूहलाई क्रमशः २० हजार रुपैयाँ,१५ हजार रुपैयाँ र १० हजार रुपैयाँपुरस्कार राशी रहेको छ ।

उद्घाटन समारोहमा उत्कृष्ट प्रर्दशन गर्ने जातिय झाँकी, वडाको पहिचान, संस्थागत, सहकारी र समूहले २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँको पुरस्कारको व्यवस्था छ । महानगरपालिकाले र्‍यालीको व्यवस्थापन गर्न वडागत अध्यक्षलाई जिम्मेवारी यसअघि नै जिम्मेवारी तोकिसकेको छ ।

र्‍यालीमा प्रयोग हुने व्यानरको आकार एउटै हुने पर्नेछ । महानगरका अनुसार ब्यानरको साईज ७ मिटर चौडाई र ३ मिटर उचाईको हुनुपर्ने छ । सहभागिले आफ्नो फोहोर आफैले व्यवस्थापन गर्नुपर्ने छ ।

 

 

Share:

सम्बन्धित समाचारहरु