रसिद काट्दैमा विद्यादेवी भण्डारीको सदस्यता कायम हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रसिद काटेर मात्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम नहुने बताएका छन्।

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले भण्डारीको सदस्यता विषयमा स्पष्टता आवश्यक रहेको बताए। उनले भने, “पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोप आएको छ। तर, उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्यता त्याग्नुभएको हो। नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन।”

ओलीका अनुसार भण्डारीले असन्तुष्टहरूलाई जम्मा गरेर एमाले एकतामा असहयोग गरिरहेकी छिन्। “उहाँले पार्टीमा आएर सदस्यता नवीकरण वा नयाँ सदस्यता लिनुभएको छैन। बाहिर बाहिर बोल्दै असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरूलाई जम्मा गरेर असहयोग गर्नुहोला भन्ने हामीले कहिल्यै सोचेका थियौं,” ओलीले भने। –00—

Share:

सम्बन्धित समाचारहरु