आजको मौसम, यि स्थानमा चट्याङ सहित वर्षाहुने सम्भावना

काठमाडौं, १५ साउन । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षा हुने मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहानबाट बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको विभागको बुलेटिनमा उल्लेख छ ।

मंगलबार राती पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

 

भारी वर्षा हुने स्थानहरूमा रहेका मानिसहरूलाई सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु