काठमाडौं, ३० साउन। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गर्दै पेट्रोल महँग्याएको र डिजेल तथा मट्टितेल सस्तो बनाएको छ।
शुक्रबार निगमले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।
नयाँ मूल्य व्यवस्था शनिबारदेखि लागू हुने निगमले जनाएको छ।–00–


