कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ४७ घाइते

धनगढी, २४ साउन । कैलाली जिल्ला कारागारमा पुनः झडप भएको छ, जसमा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार मृतक धनगढी–४ निवासी ४० वर्षीय भरत चौधरी हुन्, जो लागुऔषध मुद्दामा थुनामा थिए। शुक्रबार राति करिब ११ बजे भएको झडपमा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो। शव अस्पतालकै शवगृहमा राखिएको छ।

घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरुको पनि सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसअघि बिहीबार पनि सोही कारागारमा झडप भएको थियो, जसमा पाँच जना घाइते भएका थिए। –00–

Share:

सम्बन्धित समाचारहरु