धादिङमा कांग्रेस नेताबीच टिकटका विषयमा विवाद हुँदा कुटाकुट

चैत २३ धादिङ । धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ।

हात हालाहाल हुँदा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन्।आक्रमणबाट गाउँपालिका अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ।कांग्रेसका पूर्वक्षेत्रीय सभापति राजु पाख्रीनलगायतको समूहले गाउँपालिका अध्यक्ष तामाङमाथि आक्रमण गरेको आरोप छ।

कांग्रेस नेता तथा गाउँपालिका अध्यक्ष तामाङले आफूमाथि आक्रमण भएको बताए।आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले कांग्रेसकै नेता पाख्रीनलाई नियन्त्रणमा लिएको छ।यसबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ। गाउँपालिका अध्यक्ष तामाङले आफू फेरि पनि पार्टीबाट उम्मेदवार हुन चाहेको कुरा राखेपछि विवाद भएको थियो।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका लागि राजनीतिक दलहरू प्रचार अभियानका साथै उम्मेदवार चयनमा केन्द्रित भइरहेका छन्।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु