कालिकामा विद्यार्थीलाई मनसुनपूर्व विपद् व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम

कालिका, २३ साउन ।  कालिका नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजनामा विद्यार्थी लक्षित मनसुनपूर्व विपद् व्यवस्थापन सम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ।

महिला सञ्जालको सभाहलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा नगर उपप्रमुख विमला तामाङको पनि विशेष उपस्थिती रहेको थियो।

कार्यक्रम समितिका संयोजक विरेन्द्र तामाङको अध्यक्षतामा सञ्चालन गरिएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका वाल क्लब, जुनियर रेडक्रस सर्कल, नगरस्तरीय वाल सञ्जाल तथा स्काउटका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तस्विरः गौतम गिरी

Share:

सम्बन्धित समाचारहरु