दुर्गा प्रसाईँ धरौटीमा रिहा, पाटन उच्च अदालतको आदेश

काठमाडौं, १९ साउन। उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सोमबार न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको इजलासले यस्तो आदेश दिएको हो। अदालतले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

तीनकुने घटनासम्बन्धी मुद्दामा पनि ३ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ।

सो घटनामा दुर्गा प्रसाईंसँगै पक्राउ परेका चार जनालाई पनि धरौटीमा रिहा गर्न आदेश दिइएको छ। ती सबैको तर्फबाट उच्च अदालतमा पुनरावेदन गरिएको थियो। तीनकुने घटनामा ७ जना पक्राउ परेका थिए। तीमध्ये ४ जनाले उच्च अदालतमा पुनरावेदन गरेका थिए भने बाँकी ३ जनाले पुनरावेदन नगरेका कारण हिरासतमै छन्।–00–

Share:

सम्बन्धित समाचारहरु