देशका केही भागमा आज वर्षाको सम्भावना

काठमाडौं, १३ साउन ।

देशका केही भागमा आज वर्षाको सम्भावना छ । देशभर साधारणतया बदली रहँदा केही स्थानमा वर्षा हुने भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर बदली हुनेछ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानमा तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

विभागले राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ ।

Share:

सम्बन्धित समाचारहरु