चितवन, ४ साउन – मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुईन खोला नजिक सडक माथिबाट अचानक ढुंगा खस्दा एक भारतीय कारमा सवार तीन जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब २:२५ बजे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको यूपी 80 जीपी 2928 नम्बरको भारतीय कार माथि पहाडबाट खसेको ढुंगा खस्दा कारमा क्षति पुगेको हो। कारमा सवार तीन जना भारतीय नागरिक घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि मुग्लिङस्थित एक स्थानीय मेडिकलमा पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ।
घाइतेहरूको विवरण यस प्रकार छ:
-
रतेन्द्र यादव, ४२ वर्ष, भारतका स्थायी बासिन्दा – बायाँ हातमा चोट, अवस्था सामान्य।
-
हर्मोन यादव, ३३ वर्ष – ढाडमा चोट, अवस्था मध्यम।
-
हितेन्द्र यादव, ३५ वर्ष – हात र खुट्टामा सामान्य चोट।
घटनापछि इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षक द्वारिका खवासको कमान्डमा ट्राफिक टोली घटनास्थलमा खटिएको छ। सडक भने अहिले सञ्चालनमै रहेको र बाटो अबरुद्ध नभएको प्रहरीले जानकारी दिएको छ। कार घटनास्थलमै रहेको छ भने हटाउने कार्य जारी रहेको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय मुग्लिङबाट करिब २.५ किलोमिटर पश्चिमतर्फ पर्ने बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
–00—

