भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर बालिकाको मृत्यु

चितवन, ३२ असार ।

भरतपुर अस्पतालको प्राङ्गणमा रहेको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर–१० बस्ने र सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अन्जना मगर रहेकी छन्। प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार सोमबार दिउँसो ३ः५० बजेतिर अस्पताल प्राङ्गणमै खेलिरहेकी बालिका अचानक सेफ्टी ट्याङ्कीमा खसेकी थिइन्।

खसेलगत्तै उद्धार गरी तत्कालै भरतपुर अस्पतालमै उपचारका लागि भर्ना गरिए पनि अवस्था गम्भीर हुँदै गएपछि मंगलबार साँझ ६ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। –00—

Share:

सम्बन्धित समाचारहरु