चितवन, २७ असार । सेतोनेपाल डटकम को फेसबुक पेज Setonepal4k मा केही साताअघि अध्यक्षको दादागिरी धेरै चल्दैनः दुर्गापन्त भन्ने शिर्षकमा एक भिडियो अन्तरवार्ता पोस्ट भएको थियो , जुन सार्वजनिक सरोकारको विषयसँग सम्बन्धित भए पनि त्यससँग जोडिएका केही व्यक्तिहरू वा पक्षहरूलाई असहज महसुस हुन गएकाले उक्त भिडियो हटाइएको छ।
उक्त सामग्री भूलवश प्रकाशित भएको थियो र क्षमायाचना सहित भिडियो सामग्री हटाएका छौं । त्यसबारे गुनासो प्राप्त भएपछि हामीले तुरुन्तै गम्भीरतापूर्वक ध्यान दिँदै भिडियो हटाउने निर्णय गरेका हौं। सेतोनेपाल सधैं पत्रकार आचारसंहिताको पालना गर्दै निष्पक्ष र जिम्मेवार पत्रकारितामा प्रतिबद्ध रहँदै आएको छ। आगामी दिनमा यस्ता विषयमा अझ सावधानी अपनाउने प्रतिबद्धता पनि व्यक्त गर्दछौं।
हामीप्रति विश्वास राख्नु हुने सम्पूर्ण दर्शक, पाठक र सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
— सेतोनेपाल टीम


