क्यान्सर र मानसिक रोगीहरु बढ्दैगएपछि चितवनमा चेतनाका लागि मोटरसाइकल र्‍याली -( फोटोफिचर सहित )

चितवन, ८ जेठ ।  क्यान्सर र मानसिक रोगीहरु बढ्दैगएपछि चितवनमा स्वास्थ्यसम्बन्धी चेतनाका लागि मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ । प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी चेतनाका लागि चितवनमा मोटरसाइकल र्‍याली गरिएको हो ।

 

रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवन मार्फत आयोजना गरिएको संचेतना र्‍यालीलाई ‘डिस्टिंगुइस्ड जेन्टलमेन्स राइड –२०२३’नाम दिइएको थियो । शनिबार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट सुरु भएको र्‍याली अस्पतालको दुई नम्बर गेट भएर धर्मचोक–पुलचोक हुँदै आँपटारी–तीनखोले गुम्बा पुगेको थियो ।

 

र्‍यालीमा ६१ वटा क्लासिक भिन्टेज बाइकहरूका साथमा ७५ जनाको सहभागिता रहेको रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनका मन्दिपमान श्रेष्ठले बताए । ¥यालीसँगै भएको अन्तरक्रिया कार्यक्रममा क्यान्सर अस्पतालका चिकित्सकहरुले पुरूषमा हुने प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यको बारेमा जानकारी गराएका थिए ।

 

अस्पतालको युरो अंकोलोजी विभागका विशेषज्ञ डा। सुलभ प्रधानले प्रोस्टेट क्यान्सरको निदानका लागि नियमित स्क्रिनिङ गर्नुपर्ने सुझाव दिए । डा। प्रधानका अनुसार ५० वर्ष उमेर नाघेका पुरूषमा प्रोस्टेट क्यान्सरको जोखिम बढी हुन्छ । प्रोस्टेट क्यान्सर प्रोस्टेट ग्रन्थीबाट सुरु हुन्छ । सबै पुरूषको मुत्राशयको नली आसपासमा प्रोस्टेट ग्रन्थी रहेको हुन्छ । अस्पतालका जनरल सर्जन डा। चन्दन न्यौपानेले व्यस्त दैनिकीका बाबजुद तनाव व्यवस्थापन गर्ने तरिकाका बारेमा जानकारी प्रदान गरेका थिए ।

बकुलहर रत्ननगर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा।शशांककुमार सिंहले पुरुषको मानसिक स्वास्थ्य, आत्महत्या र प्रोस्ट्रेट क्यान्सरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराए । यस्तै रोट्रेक्ट क्लब अफ भरतपुरका अध्यक्ष आरटीआर स्वरूप तिवारीले आत्महत्या सचेतनाबारे जानकारी गराएका थिए । कार्यक्रममा इञ्जिनियर उदय श्रेष्ठ, अलिफ गुरुङ र प्रकाश विकेले सांगितिक प्रस्तुती समेत दिएका थिए ।

 

 

—00–

 

Share:

सम्बन्धित समाचारहरु