एनपिएल दोस्रो सिरिज : आज दुई खेल, पहिलो खेल चितवन राइनोज र काठमान्डू गोर्खाजबीच हुने

काठमाडौँ । काठमाडौँमा जारी दोस्रो सिरिजको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई रोचक खेल हुँदैछन्। पहिलो खेल चितवन राइनोज र काठमान्डू गोर्खाजबीच बिहान ११ः४५ बजे सुरु हुनेछ।

यस्तै, दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ बजेदेखि खेलिनेछ। प्रतियोगिताका सबै खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ। बिहीबारको खेलमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तेस्रो खेलमा पराजित भएको छ। जनकपुर बोल्ट्स पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भयो।

यसअघि जनकपुरले काठमान्डू गोर्खाजसँग पाँच विकेट र विराटनगर किङ्ग्ससँग नौ विकेटले पराजय भोगेको थियो। बिहीबारनै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हराएको थियो। –22–

Share:

सम्बन्धित समाचारहरु