– रेशम सापकोटा – सेतो नेपाल
माडी,२४ असार । चितवनको माडी नगरपालिकाले बनकट्टा रेवा नदीको पुलको किनारामा पर्यटकमैत्री काठबाट बनेको सूचना बोर्ड स्थापना गरेको छ।
यस बोर्डमा माडी नगरका विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक स्थलहरूको नाम र ती स्थलहरू कुन वडा नं. मा पर्दछन् भन्ने स्पष्ट उल्लेख गरिएको छ।
यस सूचना बोर्डले माडी आउने पर्यटकलाई आफ्नो गन्तव्य सजिलै पत्ता लगाउन र भ्रमण थप व्यवस्थित र सहज बनाउन सहयोग पुर्याउने कुरा माडी नगरपालिका सूचना अधिकारी प्रविण भण्डारीले जानकारी दिनुभयो।
“पर्यटकहरूले आफू पुग्न चाहेको स्थान सजिलै पत्ता लगाउन सकून् भन्ने उद्देश्यले यो सूचना बोर्ड तयार गरिएको हो। यसले माडीको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान दिनेछ,” भण्डारीले भन्नुभयो।


