सुनको सिक्री तान्न खोज्ने बालक नियन्त्रणमा

चितवन, २१ असार । भरतपुर महानगरपालिका–२६, ज्योतिनगरस्थित हाटबजारमा एक महिलाको सुनको सिक्री तान्न खोज्ने एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहान करिब ८:३० बजे ज्योतिनगर हाटबजारमा ऐ.ऐ. बस्ने ५० वर्षीया कलावती वाग्लेको डेढ तोलाको सुनको सिक्री तान्न खोज्ने क्रममा भारत, बेतिया घर बताउने ७ वर्षीय चन्दन कुमार रायलाई नियन्त्रणमा लिइएको हो।

उक्त बालकलाई अस्थायी प्रहरी पोस्ट ज्योतिनगरबाट प्रहरी सहायक निरीक्षक निर्मला आचार्यको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चनौली पठाएको चितवन प्रहरीले जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु