काठमाडौं, १९ असार । सामाजिक सञ्जालमा गायिका एलिना चौहानमाथि गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई केहीबेरअघि पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीका अनुसार ललितपुरका राईलाई चौहानले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो। गुञ्जन राई केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ कविको सूचीमा परेका थिए।
गायिका एलिनाले आफूमाथि सामाजिक सञ्जालमा गालीगलौज र चरित्र हत्या गर्नेहरुविरुद्ध ‘भण्डाफोर’ अभियान थालेकी छन्। सोही क्रममा उनले गुञ्जन राईको प्रोफाइल पनि सार्वजनिक गरेकी थिइन्।


