नागार्जुनका निलम्बित मेयर मोहनबहादुर बस्नेत घुसकाण्डमा दोषी ठहर

काठमाडौं, ६ असार । विशेष अदालतले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई घुस र सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको छ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको र १३ करोड १२ लाख रुपैयाँ शुद्धिकरण गरेको ठहर गरेको हो। बस्नेतको सजाय तोक्न असार १६ गते अर्को पेसी तोकिएको छ। पत्नी उर्मिला बस्नेतलाई भने अदालतले सफाइ दिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु