भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुने दाबी गरेका छन् ।
बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुने दाबि गरेका हुन्। ‘आज म यो पनि भन्न चाहन्छु कि–चितवनको क्रिकेट रङ्गशालाको समस्या एक वा दुई हप्ताभित्र समाधान हुन्छ र निर्माण कार्य अघि बढ्छ’,
भरतपुर–१५ मा निर्माणाधिन रंगशाला आर्थिक संकट आएपछि निर्माण कार्यनै रोकिएको छ । झण्डै डेढ वर्षदेखि निर्माण कार्य अलपत्र छ । रंगशाला निर्माणमा १८ करोड बढी ऋण लागेको भन्दै धुर्मुस सुन्तली फाउण्डेसनले महानगरलाई ऋण तिरेर स्वामित्व लिन आग्रह गरेको थियो । भरतपुर महानगरका मेयर रेनु दाहालले निर्माण कार्य रोकिएको रंगशालाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । –00–
तस्विरः कोमलचन्द्र भगत


