प्रचण्डको आरोप : ‘पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्दैछन् राजावादीहरू’

 काठमाडौं, १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरू पैसाको बलमा भाडाका मानिसहरू प्रयोग गरेर आन्दोलनलाई उक्साउने काममा लागेको आरोप लगाएका छन्।

पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले हाल भइरहेको राजावादी आन्दोलनप्रति कडा टिप्पणी गरेका हुन्। ‘अहिले राजावादीहरू कताकताबाट पैसा ल्याएका छन्, पैसा त उनीहरूले थुपारेकै होलान्,’ प्रचण्डले भने, ‘त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने र उफार्ने काम भइरहेको मैले देखिरहेको छु।’

उनले राजावादीहरूले छाडापन देखाउँदै माओवादी नेताकार्यकर्तामाथि आक्रमणको प्रयास गरिरहेको आरोप पनि लगाए। त्यसका लागि सतर्क रहन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे। ‘हामी जानाजानी भिडन्तमा जान चाहँदैनौं,’ उनले भने, ‘तर यदि उनीहरूले आक्रमण गरे भने इँटको जवाफ पत्थरले दिने तयारी गर्नुपर्छ।’

Share:

सम्बन्धित समाचारहरु