राष्ट्रपति पौडेललाई अर्थमन्त्री विष्णु पौडेलद्वारा आगामी बजेटबारे ब्रिफिङ

काठमाण्डौं, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटबारे ब्रिफिङ गरेका छन्।

मङ्गलवार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट भएका क्रममा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटको मुख्य विषयवस्तुबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्। राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार संविधानमा रहेको व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते (बिहीबार) नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।

यसअघि पनि अर्थमन्त्रीले राष्ट्रपतिलाई बजेटपूर्व ब्रिफिङ गर्दै आएका छन्। यसपटकको बजेटमा आर्थिक सुधार, राजस्व वृद्धि, तथा पूर्वाधार निर्माणमा विशेष जोड हुने अपेक्षा गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु