काठमाडौं। आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता आन्द काफ्लेका अनुसार, प्रहरीबाट प्राप्त विवरणअनुसार हालसम्म १९ जनाको मृत्यु भएको हो। प्रवक्ता काफ्लेले भने — “मन्त्रालयलाई प्रहरीले दिएको जानकारीअनुसार अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।”
त्यसैगरी, स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका १३ वटा अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको छ।

–0—


