चितवनमा गैंडाको खाग जस्तो देखिने अखेटोपहारसहित दुई युवा पक्राउ

चितवन, ५  जेठ । चितवन राष्ट्रिय निकुञ्जले गैंडाको खाग जस्तो देखिने अखेटोपहारसहित दुई युवालाई पक्राउ गरेको छ।

संरक्षित वन्यजन्तु एक सिङ्गे गैंडासँग सम्बन्धित अंग ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा खटिएको चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी तथा नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुई जनालाई भरतपुर महानगरपालिका–९ स्थित बिसहजारी रोड क्षेत्रबाट नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए। उनका अनुसार पक्राउ परेका युवासँग गैंडाको खाग जस्तो देखिने सामग्री फेला परेको छ। प्रारम्भिक रुपमा अखेटोपहार जस्तो देखिए पनि वैज्ञानिक परीक्षणपश्चात् मात्र यसको वास्तविकता पुष्टि हुने बताइएको छ।

नियमनुसार अनुसन्धान कार्य सुरु भइसकेको छ भने घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै हाललाई पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन।

थप अनुसन्धान जारी रहेको निकुञ्ज स्रोतले जनाएको छ।

–00–

Share:

सम्बन्धित समाचारहरु