मिश्रको बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दाको सुनुवाइ भोलिहुने

काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा शशरीर उपस्थित गराइएको छ।

बन्दी प्रत्यक्षीकरण (हबियस कर्पस) सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनलाई आज अदालतमा पेस गरिएको हो। सर्वोच्च अदालतले बुधबार आदेश दिँदै मिश्रलाई ४४ घन्टाभित्र शशरीर उपस्थित गराउन निर्देशन दिएको थियो। त्यसकै पालना स्वरूप बिहीबार बिहान उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतबाट हत्कडीसहित निकालिएको थियो।

मिश्रलाई सामान्य हिरासतबाट निकालिएपछि न्यायाधीवक्ताको कार्यालय पुर्याइएको थियो। त्यहाँबाट सर्वोच्च अदालत लैजाँदा पछाडिको बाटो प्रयोग गरिएको थियो, जसले गर्दा सार्वजनिक ध्यानबाट बच्न सकियो। सर्वोच्चको मुख्य गेटमा पुग्दा सुरक्षाकर्मीहरूले मिश्रको हातको हत्कडी खोलेका थिए। अदालतमा कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई पुनः प्रहरी हिरासतमा फर्काइएको छ।

मिश्रको बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दाको सुनुवाइ भोलि (शुक्रबार) को लागि तोकिएको छ।

Share:

सम्बन्धित समाचारहरु