सेतो नेपाल संवाददाता
काठमाडौं,२७ वैशाख । देशभरका विभिन्न स्थानमा आज मौसम आंशिकदेखि साधारण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले मौसममा केही परिवर्तन ल्याउने अपेक्ष गरिएको छ।
आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश, साथै देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। यी स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
यसैगरी, देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको पनि सम्भावना रहेको छ। मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको पूर्वानुमान छ।
आजको मौसममा:
-
कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा।
-
हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपात।
-
मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरी।
मौसम अनुकूल नहुन सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले सल्लाह दिएको छ।