रेबिजका कारण चितवनमा एक पुरुषको मृत्यु

चितवन, २५ बैशाख । रेबिज लागेर इच्छाकामना गाउँपालिका-२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु