काठमाडौं, २४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा लडेर घाइते भएका छन्।
गएराति आफ्नै निवासको बाथरुममा लडेका प्रचण्डको टाउकोमा चोट लागेको स्रोतले जानकारी दिएको छ। चोटपछि उनलाई उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि उनी पुनः निवास फर्किएको जनाइएको छ। स्रोतका अनुसार, “टाउकोमा टाँका लगाउनु परेको छ। अन्य स्वास्थ्य अवस्था सामान्य छ।”
डाक्टरहरूको निगरानीमा प्रचण्ड अहिले निवासमै आराम गरिरहेका छन्।–00–

